नैरश्यताले म लगभग बेहोस् भएको थिए बेहोसिमा खुट्टाहरु लरखराउदै म आफ्नो गन्तब्य तर्फ अघी बढीरहेको थिए । घाम झलमल्ल लागे पनि म अध्याँरो भएको महसुस गर्थे एक मन त लाग्यो भट्टिमा गएर टन्न रक्सी पिउँ । अहँ तर पनि लाचरीको परिचय दिन मन लागेन मन भित्र अनेकौ ज्वार भाटाहरु खेलिरहेको थियो म त्यसैको तालमा हिडिरहेको थिएँ एक पागल सरी …….
‘अंकल’ म पछाडि फर्के सानी 8/9 बर्षको बहिनी मलाई नै बोलाइरहेकी थिइन । उनी मलाई नै कुरेर बसिरहेकी रहिछिन मैले कुनै जवाफ दिन नपाउदै उनले मलाई एउटा पत्र दिइन दिदीले तपाईंलाई दिनु भन्नु भएको छ उनी यती भनेर त्यहाँ बाट हिडिन । म त्यही चौतारीमा थचक्क बसे र बिस्तारै पत्र खोले पत्रमा यसरी लेखिएको थियो
हृदयको राजा
असिम प्यार
सोंचेको थिए बिना सम्बोधन नै तपाईंलाई पत्र लेख्नु तर मन मानेन तपाईं त मेरो मन भित्र राज गरिसक्नु भयो नि त्यसैले यो सम्बोधन गरेको हुँ यदी गल्ती भए यो पगली लाई माफ गर्नु होला ।
जिन्दगी एक गोरेटो रहेछ हामी त त्यही गोरेटोलाई पछ्छ्याउने यात्री रहेछौ । जिन्दगीको गोरेटोमा यात्रा गर्दा गर्दै खै कुन मोडमा तपाईं सँग बेस्सरी ठोक्किन पुगेछु । त्यही दुरघटनाले आज घाइते भएको छु आफ्नो सर्बस्व गुमाएको छु ,सपाङग भएर पनि अपाङ्ग भएको छु कहिले बिसेक नहुने घाऊको पिडा हृदय भित्र लुकाउन वाध्य भएको छु । तपाईंको त्यही बलिस्ठ पखुराको कसिलो अँगालो जस्ले मेरो सर्बस्व लुटेको छ ,मलाई बेचैन् बनाएको छ त्यही घाउले आज मलाई दुखाइरहेको छ । हुनत यो दुखाइ भित्र एउटा मिठो सपना अनी अनौठो कल्पना लुकेको छ । त्यही कल्पना रुपी सपना भित्र हराएको छु ।
मलाई थाहा छ तपाईं पनि मलाई माया गर्नु हुन्छ किनकी तपाईंको लुकी चोरी हेर्ने नजर भित्र आफ्नो प्रतिबिम्ब देखेको छु ,नजिक हुँदा बढ्ने धडकन को आवाज सुनेको छु, त्यो प्यासी ओठ्को नसा भित्र आफ्नो मुस्कान पाएको छु तब म कसरी भन्न सक्छु कि तपाईं मलाई माया गर्नु हुन्न । म त त्यही दिन तपाईंको भैसकेको रहेछु जुन दिन तपाईंको बलिस्ठ बाहु भित्र आफुलाई पाएको थिएँ । त्यही असामयिक् घटना जस्ले तपाईंको माया मुटु भित्र बिजारोपण गर्यो । थाहै नपाई तपाईंको स्विकृती बिना नै तपाईंलाई आफ्नो हृदयमा लुकाउन थालिसकेछु । मेरो माया सागर भन्दा गहिरो ,हिमाल भन्दा अग्लो ,हिउँ भन्दा अटल र नदी भन्दा लामो यो भन्दा कयौ गुणा बढी निश्चल छ। यो मनको मुटु भित्र अगाध मायाको टुसाहरु पलाइसकेको छ , उजाड मेरो जिबनमा मायाको बहार हरु बग्न थालिसकेको छ । नरोक्नुस् मलाई म मायाको अनन्त गहिराइ भित्र सम्म पुग्न चाहन्छु रगत बनेर तपाईंको नसा नसामा बग्न चाहन्छु । छाँया बनेर तपाईंलाई नै पछ्याइरहन्छु । धडकन बनेर तपाईंको मुटु भित्र धडकिरहन्छु मुस्कान बनेर तपाईंको ओठ्मा छाइरहन्छु ।
आज म धेरै खुशी छु किन कि मैले आज आफ्नो प्रेम पाएको छु ,कसैको मुटु भित्र बस्ने सौभाग्य पाएको छु । थाहा छ तपाईंलाई मैले कयौ रात तपाईंलाई पत्र कोरेको छु ति सब पत्र हरुले कोठा सजाएको छु । तर कहिले तपाईंसामु दिने हिम्मत आएन तर आज हिम्मत गरेर बहिनिको हातमा चिट्ठी पठाएको छु । मन त थियो नि आफ्नै हातले तपाईंलाई दिने तर पनि डर लाग्यो कतै मेरो विश्वाश …..। त्यसैले आज स्कुल नआइ बहिनिको हातमा पत्र पठाएको हो । यस्लाई अन्यथा नलिनु यदी तपाईंलाई मेरो प्रेम अस्विकार छ भने मेरो पत्र जलाइदिनु जबकी म पनि त्यही संगै जलेर खरानी बन्न सकुँ । बाँकी रहेको खरानीलाई तपाईंको पैतालाले कुल्चिदिनु ताकी अर्को जन्ममा पनि तपाईंलाई मुटु भित्र सजाउन सकुँ एकोहोरै भएपनी माया गर्न सकुँ ।
उही तपाईंलाई चाहने
चाँदनी
अब म मा खुशीको सिमा रहेन अनायासै ओठ्मा खुशीका मुस्कान हरु दौडन थाले आफु कतै हावामा उडिरहेको आभाश हुन थालयो मन मानेन फेरी एक पटक पत्र पढ्न मन लाग्यो पत्र खोलेँ उनको प्रतिबिम्ब त्यही थियो आँखामा प्रेमका छाल् हरु झल्किरहेको थियो ओठहरु मुस्कुराइरहेको थियो त्यो नसालु नजर पिपल पाते ओठ मलाई नै जिस्काइरहेको थियो ।
क्रमश :…
जिन्दगीको एक यात्रा भाग -एक पढ्नलाई यहाँ क्लिक गर्नुहोस्
जिन्दगीको एक यात्रा भाग -दुइ पढ्नलाई यहाँ क्लिक गर्नुहोस्
लेखक :-सार्थक सिम्खडा
Filed under: कथा
अहा म त कथा पढदा पढदै कथामा नै दुबेछु कति खेर आजको भाग सकियो थाहै पाएन । हुनु त मान्छेको बानी नै होनी मिठो पायो भने त धेरै खाने मन हुनु होइनर? कथा धेरै राम्रो छ अरु पनि कती खेर पढ्न पाउछ जस्तो भएको छ ।
wouuuuuuu great story!!!! i can’t wait to see the next part.
thanks a lot for the story.
lau ma maa pani ab khusiko sima rahen arko part kahile aauchha hola man aatur chha padhnalaai
Bastabik kala ta tapaisanga po rahichha. sabda haru dharai uchha star kaa chan. Yaha samma ko katha haru read gari sakda malai pani sahitya pratti ko abiruchi achanak badheko chha. Bastab ma tapai ko sahityek sirjana kunai thulo sahityekar bhandda kam chaina. just keep it up… you have a bright future brother i saw that in your words… WAAAOOOOO!!!
I love you Mr Sarthak, i wanna kiss you coz of your story!!!♪♪♪♪♫♫♫♫
nice story keep it up
story ramro chha yadi kt le love letter lekhnu ko satta keta le lekheko bhaya bes hunthyo ki
ohh Sarthak sir katha nikai intersting hundai aayeko chha hai , aba k hune ho malai ta kasto kaukuti lagisakyo , chhitai next part read garna pau hai .
all the best keep it touch.
Bastabma nai rarmo lekhanu bhayako cha tapaile..sabai ramro cha Sarthak G.
story ta manni par6 yar.
really good sir baki kaile ko lagi ho ne ta pls cheto garnu na ho …