मँगलबार विहान अत्याधिक गतिमा रहेको माइक्रोबस मुग्लीङ नारायणघाट सडक खण्डमा पर्ने चितवन दारेचोक गाविस ४ स्थित घोप्टेभीरमा दुर्घटना हुन गएको छ । माइक्रोबसमा सावर गर्ने २७ वर्षिय दिनेशप्रसाद जोशीको घटनास्थलमा नै मृत्यु भएको छ भने अन्य नैा जनाको स्थिति निकै गम्भीर रहकेा हाम्रा समचार दाताले बताएकाछन् । ग २ ख २४६२ नम्बरको गाडी क्षमता भन्दा अधिक मान्छे बोकेकोले दुर्घटना भएको स्थानीय बासिन्दा हरुको तर्क छ । माइक्रो बसमा १९ जनाले टिकट काटेको बताएपनि सावर गर्ने कति हुन भनेर एकीन गर्न नसकिने भएको छ । २२ जनालाइ डुङगाबाट उद्धार गरिएको छ भने घाइते मध्ये ४ जनालाइ चितवन मेडीकल कलेज र बाकीलाइ भरतपुर अस्पताल लगिएको छ । थप उद्धारकालागी मुग्लीङ प्रहरी र स्थानिय बासीन्दाले सहयोग गरीरहेकाछन् ।
Advertisement
Filed under: समाचार