आइसीसी विश्व क्रिकेट लिग डिविजन ५ अन्तर्गतको आजको खेलमा बहराइनले नेपाल सामु ११५ रनको लक्ष्य खडा गरेको थियो । बसन्त रेग्मीले लिएको विकेट संगै बहरान ४२.५ ओवरमा अल आउट भएको थियो टस जितेर नेपाल ले फिल्डिंग रोजेको थियो कप्तान पारस खड्काको सहि निर्णयले नेपालले पहिलो ओभरमै बहराइनको विकेट झार्न सफल भएको थियो इमरान सज्ज्द्को पहिले विकेट गुमाएर बहराइनले आफ्नो खातामा ५ रण मात्र जोड्न सफल भएको थियो।
आजको खेलमा नेपाल को तर्फबाट बसन्त रेग्मी र सन्जम रेग्मीको जोडीले बहराइनको ब्याटिंग लाइनलाई ध्वस्त पार्न सफल भएका थिए । आजको खेलमा बसन्त रेग्मीले सर्बाधिक ४ विकेट लिएका थिए ८.५ ओभर बलिंग गरेका बसन्तले २ द्मेदन राख्दै मात्र ११ रन दिएका थिए बलिंगमा चम्किएका सञ्जमले नौ ओभर बलिङमा १ मेडन राख्दै १८ रन खर्चेर ३ विकेट लिएका थिए।त्यसै गरि राहुल विश्वकर्माले १० ओभरमा २ मेडन राख्दै २ विकेट लिँदा २८ रन खर्चेका थिए। बाँकी एक विकेट मोहम्मद आलमको खातामा जोडिएको थियो।
सहजाद अहमद बहरानका लागि सर्बाधिक्र सफल खेलाडी रहे। उनले चार चौकासहित २७ रन जोडेका थिए। त्यसैगरी अब्दुल मजीदले २६ रन बनाए। इमरान सज्जद र यासिद सदिक सून्यमा आउट भए भने बाँकी चार ब्याट्सम्यानले स्कोर दोहोरो अंकमा बनाउन सकेनन्। खेल बिहान नौ बजे सुरु हुनु पर्ने भए पनि भक्तपुरको मैदानमा अत्याधिक कुहिरोको कारण एक घण्टा ढिला भएकोले खेल ४७ ओभरमा सिमित गरिएको थियो।खेल नौ बजे सुरु हुनुपर्ने भए पनि भक्तपुरको मैदानमा कुहिरोका कारण करिब एक घण्टा खेल ढिला भएका कारण खेल ४७ ओभरमा सीमित गरिएको थियो।
Filed under: समाचार