ताला अझै खुलेन

लक्ष्मण के सी /रुकुम ११ फागुन
सिदार्थ उच्च माध्यामिक विद्यालय मग्मा रुकुममा गत आइतवार देखि विद्यार्थीहरुले गरको अनिश्चितकालिन तालावन्दी अझै खुल्न सकेको छैन् ।

विद्यालयमा सुचारु रुपले पठन पाठन नभएको वार्षिक परिक्षा नजिक आउंदासम्म पनि विभिन्न विषयको कोर्ष पुरा गर्न शिक्षकहरुले कुनै चासो नदेखाएको विद्यालय व्यवस्थित रुपमा साचालन गर्न विद्यालय व्यवस्थापन समितिले लापर्वाही गरेको भन्दै विद्यालयमा विद्यार्थीहरुले गत आइतवारदेखि अनिश्चितकालिन तालावन्दी गरेका थिए ।

विद्यार्थीहरुले राखेका मागहरुका वारेमा शिक्षक विद्यार्थी र व्यवस्थापन समिति विच छलफल गरी समा समाधान गर्ने वातावरण नवनेसम्म विद्यालयको ताला नखोल्ने जनाएपछि विद्यालयको पठन पाठन प्रभाबित भएको छ ।

Advertisement
Follow

Get every new post delivered to your Inbox.