-कान्छा लाल तामाङ
आफ्नै सम्झी मुटु साटे उहि आज भिन्न भो
खानु धोका खाई सके अब केहि लिन्न भो
चोखो मुटु सम्पि दिएको थिए आफ्नै ठानी
पराई ठानी घात गर्यौ अब केहि दिन्न भो
सयौ उपहारहरु छानेको थिए उनलाइ भिन
धोका दिई जाने लाई अब केहि किन्न भो
हर समय उनकै यादले सताउ थ्यो मलाई
बितेका पल सम्झि अब कहिल्यै पनि हिन्न भो
चोखो पिरतीमा चोटहरु लाई सहदा सहदै
यो कान्छाको जीवन पनि सारै खिन्न भो
Advertisement
Filed under: गजल
aasyang, babaal chha ni ta ho… lau hera, ke saro bhawana ma dubu vako,,, katai aagni harule dukha ta diyeko hoina ni? lol
लेखन राम्रो छ। तपाईंको कलमले निरन्तर गति लिई रहोस्। नेपाली साहित्यको क्षेत्रमा सफलताको शुभकामना!