लक्ष्मण के.सी/रुकुम ५ फागुन
सल्यानको शिवरथ डाडाँगाउँका १३ वर्षिय वालक गणॆश वि.क. जीपको खलासि गर्छन । रुकुमको सदरमुकाम खलंगा वाट धाउने हुदै रुकुमकोट सम्म चल्ले लु १ ज १८१८ नंं को जीपमा खलासीको रुपमा सडकको धुलो संगै आफनो दिनचर्या विताएका छन् ।
सरस्वति उच्च माध्यामिक पेदीखोलामा ६ कक्षामा पढ्दा पढ्दै ४ महिना अघि उनी जीपको खलासि भएका थिए । पढ्दा अल्छी लाग्यो आलस्य भयो । घरमा वसिरहन पनि मन लागेन अनि खलासि भइयो । गणेशले भने विद्यार्थी जीपनवाट मजदुरको जीवनमा प्रवेश गरेका गणेश भविष्यको जिन्दगीवारे वेसरोकार देखिन्छन आ जे पो होस गाडी हाक्ने रिल्याक्स गर्ने उनको मुखवाट यहि शब्द दोहोरीन्छ ।
कोहि भन्छन् वर्तमान शिक्षा प्रणाली भविष्यप्रति आशावादी छैन त्यसै भनिएको रैनछ यो शव्द । गणेश जस्ता कयौं त्यसै वालकहरु सडकको जीवन विताईरहेकाछन् । कोही फुटपातमा कोहि गाडिकोहि होटेलमा र कोहि कारखानामा आखिर किन पलाएन भएको त पढाइवाट भनेर सोध्दा विशाल भन्छन् पढेर केहि काम छैन । गमेर अध्ययन गर्ने हो भने वर्तमान शिक्षा प्रणाली भित्र ठुलो दशर छ । आधारभुत वर्ग भित्र यो शिक्षा घुस्न सकेन त्यसैले त गणेश वि.क.हरु सडकको जिन्दगी रोज्दै छन् । गणेशको रिल्याक्स शव्दले सुन्ने मान्छॆलाई गम्भिर वनाई दिन्छ । उनको हातमा लामो याक चुरोट हुन्छसाथमा केटिको फोटा पनि । एउटा हातले चुरोट तान्ने र अर्का हातले भने केटिको फोटोलाई मुखमा लिएर म्वाई खादै । उनीलाई देख्दा तपाई हामी अच्चम मान्न त स्तभाविकै थियो तर उनलाई रातमा देख्दा झनै अचम्म हुन्छ । उनी रातमा पनि केटि संग घुमेको यादले गर्दा कॆटिका वारेमा कुरा कानी गरिरहेका हुन्छ । उनी रातमा भन्छन गाडि जान लाग्यो छिटो आउनु हजुर म त लागे भोली भेट्न आउछु । अनि वजार तिर जाउला । केटिहरु जीपमा चढे भने उनीहरुलाई भाडा पनि लाग्दैन राम्रा गफ गरिन्छ । प्रेम प्रस्ताव हुन्छ कति रमाइलो । गणेशलाई चुरोट र केटिको मात्र हैन रक्सीको नसा पनि चढि सकेको छ । जाँड पिउन लागेको खलासि हुनुभन्दा पहिलो देखि हो । आजभोली त रक्सी पनि निर्धक्क संग खाईन्छ उनी भन्छन् । भविष्यमा के गर्ने त भन्ने प्रश्नमा गणेशले यस्तो भन्छन् ठुलो भएर ठुलो गाडि चलाउने काठमाण्डौं घुम्नेडान्स रेष्टुरेण्टहरुमा रिल्याक्स गर्ने ।ू
विडम्वना नयाँ नेपालको । वखान गर्ने राजनैतिक दलहरुका नेताहरु वालवालिकाको क्षेत्रमा काम गर्ने संघसस्ंथाहरुलाई भने देशमा विकास हुदै गएको यो अवस्था प्रती वेखवर छन् । खलासि गणेश विक। जस्तै वालकहरुमा मैलाउदै गएको यो छाडा सस्ंकार र विचलन प्रति वेलैमा ध्यान नदिने हो भने देश निर्माणको लागी आवश्यक शक्ति गलत वाटो तिर नजाला भन्न सकिदैन ।
Filed under: समाचार