एकैघरका तिन जना मृत अवस्थामा भेटिए

लक्ष्मण के सी/रुकुम-४ फाल्गुण

रुकुम भलाक्चा १ का एकै घरका तीन जना मृत अवस्थामा फेला परेका छन् । भलाक्चा १ का ७० बर्षिय दलबहादुर ओली उनकी श्रीमती कलि ओली र २७ बर्षिय छोरी तुलसा ओलीलाई शोमबार बिहान स्थानियबासीले घर नजिकैको रुखमा झुण्डिएको अवस्थामा फेला पारेका हुन् ।
प्रहरीको प्रारम्भीक अनसार सामुहिक आत्महत्या गरेका हुन । छोरी तुलसा ओलीलाई छारे रोग भएकोले उपचार गर्न नसकेपछि घर नजिकैको चिउरीको रुखमा झुन्डिएर उनिहरुले सामुहिक आत्महत्या गरेको बताइएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार छोरी लामो समय देखि छारे रोग बाट ग्रसित भएको र उपचारमा पनि धेरै खर्च लागी सकेकोले अब थप उपचार गर्ने आर्थिक अवस्था कमजोर भएपछि उनिहरुले यस्तो गरेको स्थानिय बासिहरुलाई उद्धित गदै जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ । साथै प्रहरीले घटनाको बारेमा थप अनुसन्धान भैरहेको बताएको छ । मृतक हरुलाइ पोष्टमार्टमको लागी जिल्ला अस्पताल रुकुम मा ल्याइएको छ ।

Advertisement
Follow

Get every new post delivered to your Inbox.