पाइला हरु आफ्नै रफ्तारमा अगाडि बढीरहेको थियो म मन भरी अनेकौ कल्पनाहरु सँग रमाउदै घर ,टोल, छिमेक हुँदै गाँउ पार गर्दै थिएँ । मेरो पाइला हरुले आफ्नो मातृभूमी छाडि सकेको थियो । एक पटक फेरी आफ्नो मातृभूमीलाई नियाल्न मन लाग्यो । आखाँ पट्याउने गरी हेर्न मन लाग्यो आफ्नो गाउलाई अन्तिम पटक बिदाइ गर्ने ध्ययले नजिकै रहेको चौतारीमा बसे त्यही चौतारी थियो जहाँ बाट मैले अन्तिम पटक आफ्नो बाल्यबस्थालाई बिदाइ गर्नु पर्थ्यो ।
चिसो हावा सरर बहिरहेको थियो म भने आफ्नो गाँउ नियाल्दै थिए त्यही उकाली ओराली ,भञ्ज्याङ चौतारी पाखा पखेरा हरु सँग लुकामारी गर्दै धेरै बसन्त हरु पार गरेको थिए । त्यो ठुलो चौर जहाँ हामी गाई बस्तु चराउथ्यौ गोठालो जाँदा साथी सङगी सँग कती लुकामारी खेल्थ्यौ । आज मलाई झल्झली त्यो दिनको सम्झना आयो । असारे महिना थियो स्कुल बिदा भएकोले म सधैं गोठालो जान्थे सदा जस्तो त्यो दिन पनि हामी लुकामारी खेल्ने निर्णय गर्यौ र गोला प्रथा गरेर हामीले आ-आफ्नो पालो मिलायौ म अन्तिम मा परे सबै साथी हरुको पालो सकिसकेको थियो अब मेरो पालो थियो एउटा साथीले रुमाल झिकेर मेरो आँखामा बाँधिदियो म पुरा अन्धकार मा थिएँ साथी हरु लुक्न गैसकेको थियो एउटा साथीले संकेत गर्यो मैले आँखाको पट्टी खोले वरीपरी सुन्य थियो हल्का हुस्सु लागेको थियो टाढा केही नदेखिने नियम बमोजिम म साथीहरुलाई खोज्न थाले तर कोही भेटिएन अली पर चौतारो थियो त्यता तिर छन कि भनेर त्यतै लागे चौतारोमा कोही भए जस्तो लाग्यो पछाडि बाट गम्ल्याङग अँगालो हालेको कोही बेस्सरी चिच्यायो म पनि सँगै चिच्याउन थालेछु त्यही आबेगमा मैले अली बेस्सरी नै अँगाल्न पुगेछु साथी हरु हाम्रो चिच्याहट सुनेर सबै जना दौडेर आए साथीहरुले के भयो भन्दा पो म झसँग भएँ त्यसपछी मैले उनलाई आफ्नो अँगालो बाट हटाइदिए उनको अनुहार लाजले रातो भएको थियो म पनि अकमक्क भए के के नै भएको जस्तो साथीहरु जिस्काउन थाले मलाई पनि कता कता मुटु भित्र केही बिजेको जस्तो आभाश भयो उनको अनुहारमा पुलुक्क हेरेको उनको अनुहार झन रातो भए जस्तो लाग्यो । दिन ढलिसकेको थियो हामी हरु आ -आफ्नो घर जाने तरखरमा लाग्यौ म गाई बस्तु बटुल्दै थिए अनायसै कसैको आवाज सुने” रुमाल नदिने बिचार छ कि के हो ” यसो हेरेको त अघिको लुकामारी खेल्दा आँखामा बानेको रुमाल घाँटिमा नै झुन्डिरहेको रहेछ मैले पनि दिएँ गफ ‘दिने भए लान्छु क्यारे’ ‘यती सजिलै कहाँ लैजान पाईन्छ’ उनको जवाफ थियो यो म अकमक्क भए रुमाल दिनु नै उपयुक्त लाग्यो उनी अली टाढा थिइन त्यसैले मैले सानो ढुङ्गोमा पोको पारेर उनी तिर फ्याँकिदिएँ उनी ‘आइया ~यो मान्छेले किन मलाई देखी नसकेको होलानी’ यसो भन्दै टाउको छाम्न थालिन रुमाल त टाउकोमा पो लाग्न पुगेछ मैले सरी भनेर आफ्नो बाटो लागे भनेँ उनी टाउको छाम्दै आफ्नो बाटो …..
चकमन्न सुन्य रात मन्द टुकिको उजयालो म उत्तानो परेर निदाउन खोजिरहेको थिएँ अह तर निन्द्रै लागेन दिँउसोको त्यही घटना दिमागमा खेलीरहेको थियो भने त्यही वाक्य कानमा गुन्जिरहेको थियो मन भित्र अनेकौ छट्पटी हुन थाल्यो घोप्टो परेर निदाउने प्रयास गरे तर पनि सकिन उठेर ढोका खोले बाहिर चकमन्न अध्याँरो थियो किरा फट्याङ्राहरुको आवाज बाहेक अरु केही थिएन हावा मन्द चिसो बहिरहेको थियो म सिरानी मा चिउँडो राखेर एकनासले धिप धिप बलिरहेको बत्तिलाई एकटकले हेर्न थाले कती नहिच्किचाइ बलिरहेको थियो त्यो मैले त्यही मन्द टुकिको उज्यालो भित्र उनको प्रतिबिम्ब देखेँ उनी मुस्कुराइरहेको पाएँ कती सरल थिइन उनी कसै सँग कहिले नरिसाउने नरम बोली,लज्जालु स्वभाब अझ हिउ जस्ता सेता दन्त लहर,बाडुली कम्मर,गोरी पातलि अग्ली थिइ कुनै खोट नभएकी स्वर्गको अप्सरा भन्दा कुनै कम् थिइन।
मन भित्र तरङगहरु दौडन् थाल्यो आँखामा खुशीका भाबहरु झल्कन थालयो,ओठ हरु त्यसै मुस्कुराउन थालयो ढुकढुकी अनायासै बढ्न थालयो केही पायो जस्तो लाग्यो भने केही हराए जस्तो आफु भिन्नै संसारमा भएको आभाश हुनथाल्यो यस्तै भाबनामा बग्दै निदाएछु राती राती आकाश गडगडाउँदा पो ब्युझिएँ ढोका खुल्लै रहेछ बाहिर झम झम पानी परिरहेको रहेछ टुकिमा मट्टितेल सकिएर बत्ती निभीसकेको रहेछ जुरुक्क उठे ढोका लगाएर बिहानिको मिठो प्रतिक्षा गर्दै सिरानी च्यापेर सुते.
बिस्तारै समयले पनि सेकेन्ड,मिनेट,घण्टा,दिन हुँदै महिना काट्यो स्कुल को पहिलो दिन आज उनी बिना ड्रेस हल्का गुलाफी कुर्ता सल्वार मा सजिएर आएकी थिइन खै किन हो पहिला भन्दा उनी आज भिन्न देखिएकी थिइन सायद मायालुको हेर्ने आँखा नै फरक भएर हो कि मेरो आँखा हरु उनी बाट हटेको थिएन नजिकै आएर मन्द मुस्कान छर्दै ‘कहिले नदेखेको जस्तो के हेर्नु भएको’ कती मिठो स्वर थियो झन लज्जालु त्यो भाब म त्यसैमा लट्ठ थिए जवाफ दिन नपाउदै उनी कक्षा भित्र छिरिन । म पनि उनकै पछी लागेर कक्षा भित्र गएँ । हामी एउटै कक्षामा पढ्थ्यौ पहिले पहिले खुलेर कुरा गर्थ्यौ तर अहिले उनमा भिन्न स्वभाब भएको आभाश पाएँ । नजिक हुँदा पनि लज्जालु मुस्कान बाहेक बोली फुट्थेन म आफुमा पनि फरक पाए उनलाई भेट्दा पनि ढुकढुकी बढेर आउथ्यो बोली मुख भित्रै अडकिन्थ्यो केही बोल्ने ध्ययले नजिक जान्थे त्यसै धडकन् बढेर आउथ्यो बस मुसुक्क हास्नु सिवाय कुनै बैकल्पिक उपाय थिएन । आँखा हरु बोल्थे ओठहरु बोल्थे यसैमा म लट्ठ थिए धेरै पटक कोशीस गरें मन भित्र को ज्वाला हरु फुटाउन अहँ तर पनि उनको सामु पुगेपछी समुन्द्र बन्थे एक निस्चल समुन्द्र यसरी नै म रमाइरहेको थिए
दिन हरु यसरी नै बितिरहेको थियो बिस्तारै बिस्तारै दशै पनि सुरु भयो साथी हरुमा शुभकामना आदान प्रदन हुन थालयो मैले पनि उनलाई यही मौका छोपेर शुभकामनाको कार्ड संगै प्रेम पत्र दिने बिचार गरे । मैले हरेक रात उनको नाममा पत्र नकोरेको पनि हैन तर सबै च्यातेर फ्याक्थे डर लाग्थ्यो कतै उनिले स्विकार्दिन कि भन्ने म अनुकुल समयको प्रतिक्षामा थिएँ । आज स्कुल को अन्तिम दिन भोली बाट दशै बिदा मैले पनि रात भरी लगाएर सबै साथी हरुलाई शुभकामना लेखे र उनिको लागि पनि शुभकामना कार्ड तयार गरे र एउटा चिट्ठी पनि म मन भरी अनेक खुशीका तरङग हरु बोकेर स्कुल गएँ । सदा भन्दा म आज अली छिटो नै गएको थिए सबै साथी हरु बिस्तारै बिस्तारै आउन थाले मैले सबै साथी हरुलाई शुभकामना दिएँ । हात गर्हुङो भएको थियो मन भारी भएको थियो म कसैको प्रतिक्षा गर्दै थिएँ ।कक्षा सुरु हुने बेला भैसकेको थियो सबै साथी हरु खुशी हुँदै कक्षा भित्र छिरे म पनि गहकिलो मुटु बोकेर कक्षा भित्र छिरे आँखा हरु बाटोमा थिए कसैलाई खोज्दै थिए सर हरु शुभकामना दिएर आउने जाने क्रम भाईरहेको थियो म आफ्नै धुनमा टोलाउन बिबस थिए सबै जना खुशी थिए तर म निरास थिए किन कि मेरो खुशी त्यहा थियन । आज पहिलो पटक कसैको अभाब भएको आभाश हुन थालयो । दिन ढल्की सकेको थियो घडीले बिदाइ गरिसकेको थियो जाने बेला पनि भैसकेको थियो सबै साथी हरु खुशी हुँदै अन्तिम शुभकामना आदन प्रदान गर्दै बिदाइ भए म पनि भारी मन बोकेर आफ्नो खल्तिमा भएको त्यो चिट्ठी निकाले त्यस्को कुनै अर्थ थिएन दुई हातले धुजाधुजा पारे बाटो भरी छर्दै एक्लै पाइला हरु अघी बढाउन बिबस भएँ ।
क्रमश
Written By : Sarthak Simkhada
Filed under: कथा
कथा ले मन छोयो । लेखाइ पनि धेरै सुन्दर छ । अरु पनि लेख्दै जानु होला । गाउ तिर फर्केदा सम्झेको कुरा मै कथा टुङाउनु भाको राइछ । ति सबै कुर सम्झी सकेपछी बाटो लागेको कुरा लेखेर टुङाएको भए अझ राम्रो हुन्त्यो होला ।
तेस्रो भाग आउने हो कि होइन केही पनि उल्लेख गर्नु भएन त सर ।
महेश जि तपाईंको कोमेन्ट प्रती म धेरै आभारी छु । कथा पूर्ण भएको छैन शायद तपाईंले क्रमस देख्नु भएन जस्तो छ तेस्रो भाग पनि छिट्टै आउनेछ हेर्न नभुल्नु होला यसरी नै तपाईंहरुको माया अनी सुझाब को अपेक्षा गर्दछु। एकपटक पुन तपाईंलाई हृदय देखी नै धन्यवाद
aaha tapaiko kathale mero manko pida lai boleko chha. ma kathmandu ma baschhu. kathmandu bata gulmi ko bikat gaun ma jana 2 din lagchha tesaile ma chado chado jana paudina tara ghara gayeko bela farkada yestai yestai hunchha mero man ma pani tara ke garne man bhijaera hidnu parne rahechha. ti khola nala, danda pakha ani vir pakha sabaila birse jasto garera hidna parne rahechha.
tapaiko katha ko tesro bhag padne aasama parkhi raheko chhu
it was great. ur writing is pretty gud n i will b looking forward for ur next episode but its a luv story so i took a long time to read it coz i really dont prefer luv stories anywaz u wrote it quite great and hop next one will b as cool as this one
Thank you very much for your nice comment surely you will get better than this one in next episode and I will try to write as your intension .Do not miss next episode.
once again lots of thank Romi Ji
I would like to give thank to “Nepal treking”
Badhai chha Sarthack jii,”Jindagiko yak ytrama”bhane lekha lekhera,hamijasta dherai pardeshiharuko bhawana sanga mela kahne kura garnu bhaykoma tapailai murimuri dhanyabad chha.
heart touch sarthak sir .
Katha dherai marmik chha ….. Aru pani padnalai atur bhayeko chhu..
katha sarai ramro 6 sir ramro sanga lakdhi janu mero suvakamana 6 la
Sarthak sir tyo kt ko name k hola please ma janna sakchu ???
badhai chha sathi haru lai mirmire blog ko suruwat gareko ma falos fulos matalab bikas hunmdai jawos shuvakamana chha
la sir lekha ati marmika cha. pragatile shikhar chumun . nirantarta dinu hola.
la la dherai ramro chha ,