जिन्दगीको एक यात्रा

कुखुरी काँ~~~~~~भालेको डाँकले झसङग ब्युझेँ । सारो रिस उठ्यो त्यो भाले सँग अर्काको मिठो सपना सबै चकनाचुर बनाइदियो यो भालेलाई पनि यही बेला बास्नु पर्ने कम्त रिस त उठेन  कती मिठो सपना देख्दै थिएँ सबै चकनाचुर पारीदियो त्यो भालेको डाँकले मन मनै भालेलाई गाली गर्दै पुन त्यही सपनामा फर्कन सिरकले टाउको छोपे अह तर सकिन नाडिको घडी हेरे ५ बजी सकेछ जुरुक्क उठे काँधमा गम्सा हातमा  साबुन र मुखमा  ब्रस च्याप्दै कुवा तिर लागे मिर्मिरे उज्यालो,बिहानिको चिसो बतास ,कुवाको तातो पानी सँग नुहाँउदाको मज्जा नै अर्कै हुने रहेछ आहा ! कती आनन्द क्षण ।

 अगेनाको छेउमा आगोको ताप सँगै आमा  मलाई नै कुरेर बसिरहनु भएको रहेछ म टुसुक्क आमाको छेउमा बसे उहाँले थालमा खाना पस्कनु भयो कचौरामा आलु र प्याँच को फ्राइ आमालाई  पनि आज अल्छि लागेछ क्यारे तरकारी बनाउनु भयनछ गिलास मा दुध र खानामा थोरै घिउ राखी दिनु भयो म केही नबोली चुप चाप बसेर खान थाले आमाको अनुहार मा पुलुक्क हेरेको त उहाँ खै कता हराउनु भएछ मलाई पनी बोलाउन मन लागेन मन खिन्न भयो खानै मन लागेन थाल टिपेर् उठ्न मात्र के लागेको थिए किन नखाएको यो आमाको  स्वर थियो तर कती गम्भिर थियो स्वर कती पिडा लुकेको थियो म अनुभब गर्थे उहाँको पिडा तर पनि अबुझ बन्थे यो मेरो रहर थियन बाध्यता थियो मैले म अघाएँ भन्ने छोटो जबाफ दिए उहाँले कुनै प्रतिकृया जनाउनु भएन म चुप चाप थाल टिपेर उठे आँफैले भाँडा मस्काइ मस्काइ माझे धेरै पटक पखाले भाँडा माझ्नुमा पनि छुट्टै  मज्जा आइरहेको थियो भाँडा त म पहिले पनि माझ्थे तर आज मलाई भिन्नै अनुभब भैरहेको थियो पहिले एक्पतक पखाल्दैमा कती सफा हुन्थ्यो तर आज ४/५ पटक पखाल्दा पनि खै थालको जुठो गएकै हैन त्यसलाई त्यही छाडेर कपडा लगाउन कोठामा गए झोलामा कपडा र आबश्यक सबै सामन हालें  झोला बोकेर बाहिर निस्के आमा  ढोकाको सामुने हातमा टिकाको थालि बोकेर बस्नु भएको रहेछ म उहाँको सामुने गएर उभिएँ   उहाले दाहिने हातको साँहिली औँलामा जिब्रोको सहायताले थोरै थुक लगाइ त्यही  औलाले पैतालामा छोइ ठीक दुई आँखीभुइको बिचमा टिका लगाइदिनु भयो शायद बाटोमा कसैको आँखा नलागोस भनेर हो कि त्यसपछी रातो अक्षताले मेरो निदार सजाइदिनु भयो राम्रो सँग जानु ,सबै सँग मिलेर बस्नु ,आफ्नो ख्याल गर्नु ,बेला बेलामा फोन चिट्ठी पठाउदै गर्नु बस यती भनेर रोकिनु भयो यती भन्दा सम्म उहाँको आँखा हरु रसाइसकेको थियो मेरो मन पनि भारी भयो रुन मन लाग्यो छात्तिमा टाउको राखेर ग्वाँ ग्वाँ रुन मन लाग्यो मन लाई कठोर बनाए म चाहन्न थिएँ  कमजोर बन्न किन भने मैले धेरै संघर्ष गर्नु थियो यो त मेरो सुरुवात थियो मैले मन मनै भने भगवान मलाई शक्ती देउ जबकी म यो स्वार्थी संसार सँग लड्न सकुँ म यही प्रार्थना गर्दै आमाको पैतला समातेर ढोग गरे नजिकै बाबा हुनुह्न्थ्यो उहाँलाई पनि ढोग गरे उहाँ भन्दै हुनुहुन्थ्यो छोरा जिन्दगी संघर्ष हो जती सुकै कठिन् संघर्ष भए पनि सामना गर्नु ..

पाइला हरु गहकिलो भएको थियो आफ्नै पाइला आँफैलाई भारी भएको थियो तर पनि वाध्य थिए पाइला हरु अघी बढाउन फेरी एक्पटक धित मर्ने गरी हेर्न मन लाग्यो आफ्नो जन्मस्थल लाई तगारोमा पुगेर टक्क रोकिए पछाडि फर्किएँ आमा बाबा जहिँको तहिँ हुनुहुन्थ्यो टोलाई रहनु भएको थियो घरको धुरिमा परेवाको जोडी भाबुक बनेर मलाई नै हेरिरहेको थियो मैले बा आमालाई हेरें त्यही परेवाको जोडी जस्तै देखेँ मलाइ त्यो परेवाको जोडिले आभाश गराइरहेको थियो मलाई घर प्रतिको जिम्मेवारी बोघ गराइरहेको थियो सधै आँगन को पर्खाल मा आएर काँ काँ ~~गरेर मेरो निन्द्रा खराब गर्ने कागको जोडी आज मौन बनेर मलाई नै हेर्दै थियो सोच्दै होला अब भोली देखी कस्को निन्द्रा बिगार्ने मलाई धिक्कार लाग्यो आज  । म सधैं त्यो कागको जोडीलाई ढुङ्गाले हानेर लखेट्थे तर आज त्यस्कै काँ काँ सुन्न मन लाग्यो वरीपरी हेरे सबै सुन्य लाग्यो एक्पल त आफ्नै घर मसानघाट जस्तो लाग्यो एक्पटक फेरी सबैलाई नियालेर हेरें मन मनै गुनगुनाए प्रतिक्षा गर छिट्टै फर्कनेछु मिरमिरे सँगै  सुनौलो बिहानि लिएर भन्दै सबैलाई अन्तिम पटक बिदाइ गर्दै  तगारो बन्द गर्न वाध्य भएँ ।

क्रमश………

Written By:-Sarthak Simkhada

Advertisement

11 Responses

  1. कथा धेरै राम्रो छ ।

  2. Its nice article. keep it up forever. one day of course! you wil get success.

  3. seems realistic and heart touching.
    im sooo excited to see the next part.please try to publish as soon as possible.
    thank you,
    sharma mahesh

  4. its really nice presentation. i like it..i just wan to say just keep going on n on…wish you all the best…i like to advice you please don’t change font color it very light so keep black color.

  5. its really nice heart touch one , dear friend keep it up , i hope your writting will touch the top

  6. Go ahead you have a capacity you will get your destination awfully soon. I liked it.I am lingering
    to you

  7. So sentimental it’s matching those guys incident who have been out off own home

  8. It Is Nice Story. Wish You, Have A Good Luck.

  9. समग्रमा जीवन यात्राको कथा राम्रो छ। हामी परदेशीलाई घरमा रहँनु भएका आमा-बाबाहरुको याद दिलाउँने एउटा पक्ष हो भने घर छोड्दा आफ्नो गाउँघर, जन्मस्थान र आमाको मायालाई झल्क्याउँन खोज्नु भएको छ, कथाकारले। सुमधुर अनी मिठो कथा पस्कनु भएकोमा कथाकार सार्थक जि लाई धन्यवाद!

  10. Thank u so much for nice story mr. Sarthack jiii

  11. ramro prayas garnu bhayeko chha mirmire ka team ka sathi haru le sadhain shuvakamana mero yanha haru ko pragati ma
    yasle desko bikash ma pratyaksha apratyakshya rup ma sahayog garne chha bhanne asha tatha abhilasha rakheki chhu
    deepa nepal
    nepal

Comments are closed.

Follow

Get every new post delivered to your Inbox.