सुचना

 

 ♥सुचना !   सुचना !!   सुचना !!!♥

 

♣मिर्मिरे पाठक बृन्दहरुमा सर्बप्रथम त नजिकिदै गरेको नया बर्ष २०६७ को हार्दिक मंगलमय शुभकामना !!! ♣

आत्मीय पाठक बृन्द हरु हामीले निस्वार्थ भाबले तपाइँहरु सामु बिभिन्न कोसेली स्वरूप लेखरचना, समाचार, कथा, आत्मकथा, कबिता हरु द्वारा तपाइहरुमा भरपुर मनोरंजन दिने जमर्को गरेका थियौ र दिएका पनि थियौ तपाइँ हरु सामु यसरि नै भावनाहरु बाड्ने प्रण पनि गरेका थियौ तर प्रतिकुल समय, व्यस्तता र प्राबिधिक गडबडीले हामीले आफ्नो प्रण लाइ निरन्तरता दिन सकेनौ यदि भविष्यमा फेरी अनुकुल समय परिस्थितिले साथ् दिएछ भने अबश्य तपाईहरु सामु समय सापेक्ष सामग्रीहरुले स्वागत् गर्ने नै छौ

 

मिर्मिरे ब्लग

विषवृक्ष साबित गराको

-विजयकुमार श्रेष्ठ
  ईराक

अमृत हु भन्थ्यौ विष मात्रै किन छरेको
हुतीहारा भएर कति कुर्सिको मोहमा फसेको
बालुवाटारलाई पार्टि प्यालेस बनाई
जनताको पसिनामा कति पार्टि मनाको ॥
 
कुर्सी मोहमा फसेर लाक्षि र हुतिहारा पन देखाकॊ
सुरक्षाको नाम दिदै कर्मचारि कुटन थालेको
शान्तिको गित गाउदै हिङसा किन मच्चाएको
विषवृक्ष हु भनि लाक्षि बनि जनताको पसिना चुसेको ॥ ॥
 
जनतको मर्मलाई नबुझेर कुर्सी मोहमा भुलेको
यहि मौका हो भनि देशको ढुकुटिमा मोज गर्दै हिडेकॊ
थप्पडबाजलाई साथमा लिई डिस्को नाच्न थालेको
विषवृक्षलाई सावित गराई देशमा अशान्ति फैलाको ॥ ॥ ॥

जिन्दगीको एक यात्रा भाग -तिन

नैरश्यताले म लगभग बेहोस् भएको थिए बेहोसिमा खुट्टाहरु लरखराउदै म आफ्नो गन्तब्य तर्फ अघी बढीरहेको थिए । घाम झलमल्ल लागे पनि म अध्याँरो भएको महसुस गर्थे एक मन त लाग्यो भट्टिमा गएर टन्न रक्सी पिउँ । अहँ तर पनि लाचरीको परिचय दिन मन लागेन मन भित्र अनेकौ ज्वार भाटाहरु खेलिरहेको थियो म त्यसैको तालमा हिडिरहेको थिएँ एक पागल सरी …….
‘अंकल’ म पछाडि फर्के सानी 8/9 बर्षको बहिनी मलाई नै बोलाइरहेकी थिइन । उनी मलाई नै कुरेर बसिरहेकी रहिछिन मैले कुनै जवाफ दिन नपाउदै उनले मलाई एउटा पत्र दिइन दिदीले तपाईंलाई दिनु भन्नु भएको छ उनी यती भनेर त्यहाँ बाट हिडिन । म त्यही चौतारीमा थचक्क बसे र बिस्तारै पत्र खोले पत्रमा यसरी लेखिएको थियो Read more »

नेपालको सानदार चौथो जित

हाल नेपालमा संचालन भैरहेको बिश्वो कप ५ छनोट अन्तर्गत त्रिभुबन बिश्वोबिध्यालय किर्तिपुरको खेलमैदान मा आज भएको नेपाल र फिजी बिचको रोमान्चक प्रतिस्पर्धामा नेपालको सानदार जित भएको छ फिजी बिरुद्धको आजको खेलमा नेपाल ले १ सय ९३ रनको फराकिलो अन्तरले बिजयी भएको छ यस खेल अगी नै डिभिजन ४ को लागि नेपाल ले आफ्नो स्थान सुरक्षित राखिसकेको छ आजको खेलमा टस जितेर ब्याटिंग रोजेको नेपाल ले सात विकेट को क्षतिमा २६८ रनको चुनौती दिएको थियो नेपाल का लागि सर्बाधिक योगदान भेस्वाकरले १ सय ५ रन दिएका थिए र आजको खेलको man of the match बन्न सफल भए भने महेश क्षेत्रि ८ रनमा अविजित रहे । फिजी तर्फ भने २६.४ ओभरमा ९ विकेट गुमाएर ७४ रन बनाएको थियो

ताला अझै खुलेन

लक्ष्मण के सी /रुकुम ११ फागुन
सिदार्थ उच्च माध्यामिक विद्यालय मग्मा रुकुममा गत आइतवार देखि विद्यार्थीहरुले गरको अनिश्चितकालिन तालावन्दी अझै खुल्न सकेको छैन् ।

विद्यालयमा सुचारु रुपले पठन पाठन नभएको वार्षिक परिक्षा नजिक आउंदासम्म पनि विभिन्न विषयको कोर्ष पुरा गर्न शिक्षकहरुले कुनै चासो नदेखाएको विद्यालय व्यवस्थित रुपमा साचालन गर्न विद्यालय व्यवस्थापन समितिले लापर्वाही गरेको भन्दै विद्यालयमा विद्यार्थीहरुले गत आइतवारदेखि अनिश्चितकालिन तालावन्दी गरेका थिए ।

विद्यार्थीहरुले राखेका मागहरुका वारेमा शिक्षक विद्यार्थी र व्यवस्थापन समिति विच छलफल गरी समा समाधान गर्ने वातावरण नवनेसम्म विद्यालयको ताला नखोल्ने जनाएपछि विद्यालयको पठन पाठन प्रभाबित भएको छ ।

माइक्रो दुर्घटनामा एक जना को मृत्यु अन्य गम्भीर घाइते

 मँगलबार विहान अत्याधिक गतिमा रहेको माइक्रोबस मुग्लीङ नारायणघाट सडक खण्डमा पर्ने चितवन दारेचोक गाविस ४ स्थित घोप्टेभीरमा दुर्घटना हुन गएको छ । माइक्रोबसमा सावर गर्ने २७ वर्षिय दिनेशप्रसाद जोशीको घटनास्थलमा नै मृत्यु भएको छ भने अन्य नैा जनाको स्थिति निकै गम्भीर रहकेा हाम्रा समचार दाताले बताएकाछन् । ग २ ख २४६२ नम्बरको गाडी क्षमता भन्दा अधिक मान्छे बोकेकोले दुर्घटना भएको स्थानीय बासिन्दा हरुको  तर्क छ  । माइक्रो बसमा १९ जनाले टिकट काटेको बताएपनि सावर गर्ने कति हुन भनेर एकीन गर्न नसकिने भएको छ । २२ जनालाइ डुङगाबाट उद्धार गरिएको छ भने घाइते मध्ये ४ जनालाइ चितवन मेडीकल कलेज र बाकीलाइ भरतपुर अस्पताल लगिएको छ । थप उद्धारकालागी मुग्लीङ प्रहरी र स्थानिय बासीन्दाले सहयोग गरीरहेकाछन् ।

नेपालको लगातार तेस्रो जित

आइसीसी विश्व क्रिकेट लिग डिविजन ५ अन्तर्गतको आजको खेलमा बहराइनले  नेपाल सामु ११५ रनको लक्ष्य खडा गरेको थियो  । बसन्त रेग्मीले लिएको विकेट संगै बहरान ४२.५ ओवरमा अल आउट भएको थियो टस जितेर नेपाल ले फिल्डिंग रोजेको थियो  कप्तान पारस खड्काको सहि निर्णयले नेपालले पहिलो ओभरमै  बहराइनको विकेट झार्न सफल भएको थियो इमरान सज्ज्द्को पहिले विकेट गुमाएर बहराइनले आफ्नो खातामा ५ रण मात्र जोड्न सफल भएको थियो।

आजको खेलमा नेपाल को तर्फबाट बसन्त रेग्मी र सन्जम रेग्मीको जोडीले  बहराइनको ब्याटिंग लाइनलाई ध्वस्त पार्न सफल भएका थिए । आजको खेलमा बसन्त रेग्मीले सर्बाधिक ४ विकेट लिएका थिए ८.५ ओभर बलिंग गरेका बसन्तले २ द्मेदन राख्दै मात्र ११ रन दिएका थिए बलिंगमा चम्किएका सञ्जमले  नौ ओभर बलिङमा १ मेडन राख्दै १८ रन खर्चेर ३ विकेट लिएका थिए।त्यसै गरि  राहुल विश्वकर्माले  १० ओभरमा २ मेडन राख्दै २ विकेट लिँदा २८ रन खर्चेका थिए। बाँकी एक विकेट मोहम्मद आलमको खातामा जोडिएको थियो।

 सहजाद अहमद बहरानका लागि सर्बाधिक्र सफल खेलाडी रहे। उनले चार चौकासहित २७ रन जोडेका थिए। त्यसैगरी अब्दुल मजीदले २६ रन बनाए। इमरान सज्जद र यासिद सदिक सून्यमा आउट भए भने बाँकी चार ब्याट्सम्यानले स्कोर दोहोरो अंकमा बनाउन सकेनन्। खेल बिहान नौ बजे सुरु हुनु पर्ने भए पनि भक्तपुरको मैदानमा अत्याधिक कुहिरोको कारण एक घण्टा  ढिला भएकोले खेल ४७ ओभरमा सिमित गरिएको थियो।खेल नौ बजे सुरु हुनुपर्ने भए पनि भक्तपुरको मैदानमा कुहिरोका कारण करिब एक घण्टा खेल ढिला भएका कारण खेल ४७ ओभरमा सीमित गरिएको थियो।

नेपालद्वारा सिंगापुर पराजित

 नेपाल आईसीसी डिभिजन ५ लिगको दोस्रो खेलमा सिंगापुरलाई १६ रनले पराजित गरि जित आफ्नो पोल्टा मा पार्न सफल भएको छ. यो नेपालको दोश्रो जित हो . यसअघि व्याटिङ गरेको नेपालका तर्फबाट वसन्त रेग्मीको अर्ध शतकको मद्धतले सिंगापुरलाई १ सय ८१ रनको लक्ष्य प्रस्तुत गरेको थियो। उनले ६१ बलमा ५४ रन बनाएर बाहिरिएका थिए। निर्धारित ५० ओभर खेल्दै ९ विकेटको क्षतीमा नेपालले यो लक्ष्य दिएको हो। आइसीसी विश्व क्रिकेट लीग डिभिजन पाँच अन्तर्गतको दोस्रो खेलमा औसत खेलेको नेपालले टस जितेर ब्याटिङ रोजेको थियो। प्रारम्भिक व्याट्सम्यान महबुब आलम र दीपेन्द्र चौधरी क्रमश ५ र २ रनमै आउट भए। चौधरी क्याचआउट भए भने आलम एलवीडव्लु भए। त्यसपछि आएका शक्ति गौचन २४ रन बनाएर रन आउट भए। हिजो म्यान अफ दी म्याच रहेका पारस खड्का पनि १८ रनमै सीमित भएपछि नेपालको अवस्था कमजोर बनेको हो। ज्ञानेन्द्र मल्ल ८ रन बनाएर बाहिरिएका थिए। मल्लपछि ३२ रन बनाएर सरद भेषवाकर बाहिरिए। नेपालका लागि महेश दाशले ९, विनोद दाशले २, सञ्जम रेग्मीले ६ रनको योगदान गरे।

रुकुममा गाईले हानेर एक जनाको मृत्यु

लक्ष्मण के.सी./ रुकुम ९ फाल्गुण

शनिवार रुकुममा गाईले लात्ती हानेर एक जना महिलाको मृत्यु भएको छ । गोतामकोट गाविस वडा नं। ५ रगालगाउँकी ५५ वर्षिय नन्दकुमारी मल्ल को गाईको लात्ती बाट मूत्यु भएको छ । बिहान गाई दुदै गर्दा गाईले छात्तीमा खुट्टाले लात्ती हानेपछि उनको घटना स्थलमै मूत्यु भएको हो ।

खिन्न भो

-कान्छा लाल तामाङ

आफ्नै सम्झी मुटु साटे उहि आज भिन्न भो
खानु धोका खाई सके अब केहि लिन्न भो
 
चोखो मुटु सम्पि दिएको थिए आफ्नै ठानी
पराई ठानी घात गर्यौ अब केहि दिन्न भो

सयौ उपहारहरु छानेको थिए उनलाइ भिन
धोका दिई जाने लाई अब केहि किन्न भो

हर समय उनकै यादले सताउ थ्यो मलाई
बितेका पल सम्झि अब कहिल्यै पनि हिन्न भो

चोखो पिरतीमा चोटहरु लाई सहदा सहदै
यो कान्छाको जीवन पनि सारै खिन्न भो

Follow

Get every new post delivered to your Inbox.