विषवृक्ष साबित गराको

-विजयकुमार श्रेष्ठ
  ईराक

अमृत हु भन्थ्यौ विष मात्रै किन छरेको
हुतीहारा भएर कति कुर्सिको मोहमा फसेको
बालुवाटारलाई पार्टि प्यालेस बनाई
जनताको पसिनामा कति पार्टि मनाको ॥
 
कुर्सी मोहमा फसेर लाक्षि र हुतिहारा पन देखाकॊ
सुरक्षाको नाम दिदै कर्मचारि कुटन थालेको
शान्तिको गित गाउदै हिङसा किन मच्चाएको
विषवृक्ष हु भनि लाक्षि बनि जनताको पसिना चुसेको ॥ ॥
 
जनतको मर्मलाई नबुझेर कुर्सी मोहमा भुलेको
यहि मौका हो भनि देशको ढुकुटिमा मोज गर्दै हिडेकॊ
थप्पडबाजलाई साथमा लिई डिस्को नाच्न थालेको
विषवृक्षलाई सावित गराई देशमा अशान्ति फैलाको ॥ ॥ ॥

जिन्दगीको एक यात्रा भाग -तिन

नैरश्यताले म लगभग बेहोस् भएको थिए बेहोसिमा खुट्टाहरु लरखराउदै म आफ्नो गन्तब्य तर्फ अघी बढीरहेको थिए । घाम झलमल्ल लागे पनि म अध्याँरो भएको महसुस गर्थे एक मन त लाग्यो भट्टिमा गएर टन्न रक्सी पिउँ । अहँ तर पनि लाचरीको परिचय दिन मन लागेन मन भित्र अनेकौ ज्वार भाटाहरु खेलिरहेको थियो म त्यसैको तालमा हिडिरहेको थिएँ एक पागल सरी …….
‘अंकल’ म पछाडि फर्के सानी 8/9 बर्षको बहिनी मलाई नै बोलाइरहेकी थिइन । उनी मलाई नै कुरेर बसिरहेकी रहिछिन मैले कुनै जवाफ दिन नपाउदै उनले मलाई एउटा पत्र दिइन दिदीले तपाईंलाई दिनु भन्नु भएको छ उनी यती भनेर त्यहाँ बाट हिडिन । म त्यही चौतारीमा थचक्क बसे र बिस्तारै पत्र खोले पत्रमा यसरी लेखिएको थियो Continue reading

नेपालको सानदार चौथो जित

हाल नेपालमा संचालन भैरहेको बिश्वो कप ५ छनोट अन्तर्गत त्रिभुबन बिश्वोबिध्यालय किर्तिपुरको खेलमैदान मा आज भएको नेपाल र फिजी बिचको रोमान्चक प्रतिस्पर्धामा नेपालको सानदार जित भएको छ फिजी बिरुद्धको आजको खेलमा नेपाल ले १ सय ९३ रनको फराकिलो अन्तरले बिजयी भएको छ यस खेल अगी नै डिभिजन ४ को लागि नेपाल ले आफ्नो स्थान सुरक्षित राखिसकेको छ आजको खेलमा टस जितेर ब्याटिंग रोजेको नेपाल ले सात विकेट को क्षतिमा २६८ रनको चुनौती दिएको थियो नेपाल का लागि सर्बाधिक योगदान भेस्वाकरले १ सय ५ रन दिएका थिए र आजको खेलको man of the match बन्न सफल भए भने महेश क्षेत्रि ८ रनमा अविजित रहे । फिजी तर्फ भने २६.४ ओभरमा ९ विकेट गुमाएर ७४ रन बनाएको थियो

ताला अझै खुलेन

लक्ष्मण के सी /रुकुम ११ फागुन
सिदार्थ उच्च माध्यामिक विद्यालय मग्मा रुकुममा गत आइतवार देखि विद्यार्थीहरुले गरको अनिश्चितकालिन तालावन्दी अझै खुल्न सकेको छैन् ।

विद्यालयमा सुचारु रुपले पठन पाठन नभएको वार्षिक परिक्षा नजिक आउंदासम्म पनि विभिन्न विषयको कोर्ष पुरा गर्न शिक्षकहरुले कुनै चासो नदेखाएको विद्यालय व्यवस्थित रुपमा साचालन गर्न विद्यालय व्यवस्थापन समितिले लापर्वाही गरेको भन्दै विद्यालयमा विद्यार्थीहरुले गत आइतवारदेखि अनिश्चितकालिन तालावन्दी गरेका थिए ।

विद्यार्थीहरुले राखेका मागहरुका वारेमा शिक्षक विद्यार्थी र व्यवस्थापन समिति विच छलफल गरी समा समाधान गर्ने वातावरण नवनेसम्म विद्यालयको ताला नखोल्ने जनाएपछि विद्यालयको पठन पाठन प्रभाबित भएको छ ।

माइक्रो दुर्घटनामा एक जना को मृत्यु अन्य गम्भीर घाइते

 मँगलबार विहान अत्याधिक गतिमा रहेको माइक्रोबस मुग्लीङ नारायणघाट सडक खण्डमा पर्ने चितवन दारेचोक गाविस ४ स्थित घोप्टेभीरमा दुर्घटना हुन गएको छ । माइक्रोबसमा सावर गर्ने २७ वर्षिय दिनेशप्रसाद जोशीको घटनास्थलमा नै मृत्यु भएको छ भने अन्य नैा जनाको स्थिति निकै गम्भीर रहकेा हाम्रा समचार दाताले बताएकाछन् । ग २ ख २४६२ नम्बरको गाडी क्षमता भन्दा अधिक मान्छे बोकेकोले दुर्घटना भएको स्थानीय बासिन्दा हरुको  तर्क छ  । माइक्रो बसमा १९ जनाले टिकट काटेको बताएपनि सावर गर्ने कति हुन भनेर एकीन गर्न नसकिने भएको छ । २२ जनालाइ डुङगाबाट उद्धार गरिएको छ भने घाइते मध्ये ४ जनालाइ चितवन मेडीकल कलेज र बाकीलाइ भरतपुर अस्पताल लगिएको छ । थप उद्धारकालागी मुग्लीङ प्रहरी र स्थानिय बासीन्दाले सहयोग गरीरहेकाछन् ।